स्थानीय निर्वाचन सार्ने विषयमा गगन थापाको फरक मत

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन सार्ने विषयमा कांग्रेसले गठबन्धनलाई पनि साथ दिन नहुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको भर्चुअल केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे अगाडि सारेका प्रस्ताव संविधानसम्मत नभएको बताएका हुन् ।

उनले कानुन संशोधन गरेर निर्वाचन गर्दा संविधानसम्मत नहुने भन्दै कांग्रेसले यसलाई बोक्न नहुने पनि बताएका छन् । 

आफूले यो विषयमा सभापति शेरबहादुर देउवासँग कुराकानी गरेको पनि उनले बताएका छन् । उनले गठबन्धनले संविधानसँग बाझिने कुनै पनि कुरा गर्न नहुने पनि बताएका छन् ।

‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरू गठबन्धनभित्र प्रवेश भएको छ र जुन–जुन विकल्पहरूको बारेमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन् । ती कुनै पनि विषयहरू संविधानसम्मत छैन,’ उनले भनेका छन्, ‘हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानून संशोधन गरेर निर्णय गर्छौं भनेर जुन कुरा आइरहेको छ, गर्यौं भने यो संविधानसम्मत हुँदैन । यो संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन । बोक्नु हुँदैन भन्ने कुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौं र गठबन्धनका नेताहरूले पनि यो कुरा बुझ्नुहुन्छ ।’






  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १८:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया