मन्त्री झाँक्रीकाे प्रश्नः सुकुम्बासीलाई जग्गा दिने कि आवास दिने ?

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित रुपमा रहेका सुकुम्बासीहरुलाई सरकारले जग्गा उपलब्ध गराउने भन्दा पनि आवास बनाउनु पर्ने बताएकी छन् ।
उनले सरकार संविधानमा सुकुम्बासी, जोखिम बस्ती र विपद् परेका व्यक्तिहरुरुलाई जग्गा वा आवास दुई मध्ये एकमा स्पष्ट हुन आवश्यक रहेको बताएकी हुन् ।

‘अव्यवस्थित रुपमा राखेका सुकुम्बासीहरुको बारेमा आज हामी जग्गा दिने कुरा गरिरहेका छौँ । जग्गा दिने कि मान्छेलाई आवास दिने ? पहिलो कुरा हाम्रो अवधारण परिवर्तन गरौँ। मान्छेलाई आवास दिने हो भने हामी संयुक्त आवासबाट सम्बोधन गर्नसक्छौँ,’ उनले भनेकी छिन् । 

मन्त्री झाँक्रीले सरकारले जोखिममा परेकाहरुलाई जग्गा किनेर उपलब्ध गराउन सक्ने स्थितीमा नरहेको भन्दै विपद्मा परेका वा जोखिमका बस्तीलाई जग्गा छोडेर आवास उपलब्ध गराउनेतर्फ लाग्नुपर्ने पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १९:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया