हट्याे जाेरबिजाेर प्रणाली

कोरोनाभाइरस रोकथामका लागि भनेर सार्वजनिक सवारीमा लगाइएकाे जोरबिजोर प्रणाली हटाइएकाे छ ।

हिजाे(शुक्रबार) यही विषयमा छलफल गर्न उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो । 

बैठकले सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेअनुसार हिजाे मध्यरातिदेखि जाेरबिजाेर प्रणाली हटाइएकाे हाे ।

यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन ।

केही दिनअघि सार्वजनिक सवारीमा पनि जोरबिजोर प्रणाली लगाइएको थियो । तर, यसले भीडभाड थप बढाएको भन्दै यसको व्यापक आलोचना भएको थियो ।

तर, यो निजी सवारी तथा ट्याक्सीमा भने कायमै रहने बताइएको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार ७:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया