‘समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण’

वीरेन्द्रनगर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजको रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उनले समाज गलत बाटोमा हिँडिरहेकाले सबै मिलेर समाजको बाटोलाई सही रुपमा हिडाउन पत्रकारको साथ आवश्यक रहेको बताए । 

मुख्यमन्त्री शाहीले समाजमा अहिले सुशासन पाउन नसकिएकाले समाजमा धेरै अप्रिय घटना हुने गरेको बताए । ‘हामी सबैभित्र राम्रो र सकारात्मक सोचको आवश्यकता रहेको छ,’ उनले भने, ‘हरेक व्यक्तिले समाजमा कसरी राम्रो बन्ने, समाजमा राम्रो छाप कसरी छाड्ने र कसरी राम्रो व्यवहार देखाउने भन्नेबारे प्रतिस्पर्धा गर्न आवश्यक छ ।’ व्यवहार र परिचयले जीवनशैली र काम गर्ने तरिका सकारात्मक राख्न जरुरी रहेको उनले बताए । 

१५ वर्षमुनिका बालबालिकाको मस्तिष्क कस्तो बनाउने र कस्तो शिक्षा दिँदा कर्णाली समृद्ध बनाउन सकिन्छ भन्ने अध्ययन गरेर पाठ्यक्रम बनाउने सरकारको तयारी रहेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १८:१८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया