कर्मचारीमा काेराेना देखिएपछि तानसेन नगरपालिकाकाे अत्यावश्यक बाहेकका काम बन्द

पाल्पाकाे तानसेन नगरपालिकाले अत्यावश्यक बाहेकका काम बन्द गरेकाे छ । 

नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधि काेराेना संक्रमित भएपछि अत्यावश्यक बाहेकका काम बन्द गरेकाे हाे । 

नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले बताए ।

हिजाे(शुक्रबार) ३२ कर्मचारीको पिसिआर परिक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको थियाे । संक्रमितहरू सबै आइसाेलेसनमा बसेकाे प्रशासनले जनाएकाे छ ।  





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १४:४८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया