वेस्ट इण्डिजविरुद्ध इंग्ल्याण्ड विजयी, सिरिज रोमाञ्चक मोडमा

वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजको चौथो खेलमा पाहुना टोली इंग्ल्याण्ड ३४ रनले विजयी भएको छ । यो जितसँगै उसले पाँच खेलको सिरिज २-२ को बराबरी बनाएको छ ।  

आज बिहान भएको चौथो खेलमा इंग्ल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । 

उसका लागि कायल मेयर्सले ४०, जेसन होल्डरले ३६, ब्रेण्डन किंगले २६, निकोलस पूरनले २२ र कप्तान किरण पोलार्डले अविजित १६ रन बनाए । बलिङमा मोइन अलीले चार ओभरमा २८ रन दिएर २ विकेट लिए । रीसे टोप्ले, लियाम लिभिङस्टोन, आदिल राशिदले एक/एक विकेट बाँडे । 

त्यसअघि, बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनायो । उसका लागि कप्तान मोइन अलीले २८ बलमा सात छक्का र एक चौकासहित ६३ रनको आक्रामक पारी खेले । 

त्यस्तै, जेसन रोयले ५२, जेम्स भिन्सले ३४, लियाम लिभिङस्टोनले १६ र साम बिलिङ्सले अविजित १३ रनको योगदान दिए । ​बलिङमा जेसन होल्डरले तीन, किरण पोलार्ड, अकिल होसेन र रोमारियो सेफर्डले एक/एक विकेट लिए ।

वेस्ट इण्डिज र इंग्ल्याण्डबीचको निर्णायक तथा पाँचौं टी-२० खेल भोलि बिहान हुनेछ । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ७:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया