बार्सिलोना फर्किए ट्राओरे

स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस उल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले ट्राओरेलाई यो सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।

उल्भ्सले ट्राओरेलाई स्थायी खेलाडीको रूपमा अनुबन्धको विकल्पसमेत दिएको छ । ट्राओरे ७ वर्षपछि बार्सिलोना फर्किएका हुन् ।

उनी २०१५ मा बार्सिलोनाबाट प्रिमियर लिग क्लब एस्टन भिल्ला गएका थिए । बार्सिलोनाअघि अर्को इंग्लिस क्लब टोटेनहमले ट्राओरे अनुबन्धको प्रयास गरे पनि क्लबको प्रस्ताव उल्भ्सले अस्वीकार गरेको थियो ।

ट्राओरे सन् २०१८ मा उल्भ्स आएका थिए । उनले क्लबका लागि १४५ खेल खेल्दा १० गोल तथा १३ गोलका लागि अवसर सिर्जना गरेका छन् । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ७:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया