\


शहीदको आकाङ्क्षालाई साकार बनाउन इमानदारीका साथ भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी
फरकधार / १६ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट इमानदारीका साथ भूमिका खेल्नुपर्ने बताएकी छन् । आज शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका​ साथ पूरा गर्नुपर्ने बताएकी हुन् ।   

राष्ट्रपति भण्डारीले शहीद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई राष्ट्र र जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेकी छन् ।

उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जलि पनि अर्पण गरेकी छन् । 

शहीदहरूको सम्झना गर्दै हरेक वर्ष १६ माघमा शहीद दिवस मनाइँदै आइएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । 



स्वतन्त्रताको माग गर्दा तत्कालिन राणा शासकले वि.सं १९९७ मा शुक्रराज शास्त्रीलाई १० माघमा काठमाडौंको टेकुस्थित पचलीमा, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा मृत्युदण्ड दिएको थियो ।  



  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ७:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया