रुस–युक्रेन संकटः पूर्वी युरोपमा थप सेना पठाउँदै बेलायत

रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा बेलायतले पूर्वी युरोपमा थप सेना पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई सहयोग गर्ने उदेश्यले आफ्ना थप सैनिक पठाउन लागेको हो । 

आगामी साता बेलायतले पूर्वी युरोपमा सेना पठाउने जनाएको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेटो मार्फत बाल्टिक राज्य र पूर्वी राज्यमा आफ्नो सेनाको संख्या दुईगुणा बढाउने बताएका हुन् । यसअघि उक्त क्षेत्रमा बेलायती सेनाको संख्या १ हजार १५० पुग्नेछ । 

सेना पठाएपछि इस्टोनियामा हतियार समेत पठाउने तयारीमा बेलायत रहेको छ । 

बेलायतले रुस र युक्रेनबीचको तनाव कम गर्न रुससँग वार्ताको तयारी पनि गरेको छ । बेलायतले आफ्नो रक्षा तथा विदेशमन्त्रीलाई वार्ताको लागि रुस पठाउने तयारी गरेको हो । 

रुसले युक्रेनसँगको सीमा एक लाखभन्दा बढी सैनिक, ट्याङ्क, हतियार र मिसाइल तैनाथ गरेको छ । पश्चिमी देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको दाबी गर्दै आएका छन् भने रुसले आक्रमण गर्ने कुनै मनसाय नरहेको बताएको छ । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ११:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया