इटालीका राष्ट्रपति माटारेला दोस्रो कार्यकालका लागि निर्वाचित

इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजाअनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । उनको कार्यकाल फेब्रुअरीको सुरुमा सकिँदै छ ।

मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन् ।  इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपिल गरेपछि यो नतिजा सम्भव भएको हो । यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन् ।

यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि ‘परिस्थितिलाई ध्यानमा राख्दै’ फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यसअघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन । -एएनआई





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १२:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया