\


एक किलो सुनसहित पोखराबाट युवक पक्राउ
फरकधार / १६ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

काठमाडौंबाट लगिएको एक किलो अवैध सुनसहित पोखराबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुट आकारको सुन जस्तो देखिने धातुसहित पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १३:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया