न्यूजिल्याण्डकी एक गर्भवती पत्रकारलाई तालिबानले दियो शरण

अफगानिस्तानमा शासन गरिरहेको तालिबान समूहले न्यूजिल्याण्डकी एक गर्भवती पत्रकार शार्लेट बैलिसलाई आफ्नो देशमा शरण दिएको छ । 

बैलिसलाई आफ्नो देशले प्रवेश नदिएपछि तालिबानले शरण दिएको हो । 

बैलिसलाई कतारमा रहँदा आफू गर्भवती भएको थाहा पाएकी थिइन् । तर कतारमा विवाह नगरेका महिला गर्भवती हुन नपाउने कानूनी व्यवस्था रहेको छ । 

गर्भवती भएको थाहा पाएपछि उनी आफ्नो देश न्यूजिल्याण्ड फर्कन चाहेकी थिइन् । कोरोना महामारीका कारण ल्याइएको नयाँ मापदण्ड अनुसार उनलाई न्यूजिल्याण्ड ले प्रवेश दिएको थिएन । 

बैलिसले यसअघि अफगानिस्तानमा काम गरिसकेकी थिइन् र उनीसँग अफगानिस्तानको भिसा समेत रहेको थियो । तालिबान वरिष्ठ नेताहरुले उनलाई अफगानिस्तानमा सुरक्षीत रुपमा बच्चालाई जन्म दिनसक्ने जनाएपछि उनले शरण लिएको जनाइएको छ ।

‘जब तालिबान एक गर्भवती, विवाह नगरेको महिलालाई  सुरक्षा दिन सक्छ भने तपाईं बुझ्न सक्नुहुन्छ की न्यूजिल्याण्डमा सबै ठीक छैन,’ बैलिसले द न्यूजिल्याण्ड हेराल्डमा एक लेख प्रकाशित गरी न्यूजिल्याण्ड सरकारलाई प्रश्न गरेकी छन् । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १५:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया