राैतहटमा युवा संघकाे सरकार विराेधी प्रदर्शन

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरूले आइतबार रौतहटमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको भन्दै युवा संघले रौतहटमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताहरूले हत्यारा सरकार चाहिँदैन, मापसे सरकार मुर्दावाद, अपराधी देउवा सरकार मुर्दावाद, स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गर जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले आगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए ।

युवा संघले यसअघि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका मधेस प्रदेशका जिल्लाहरूमा सरकारविरुद्ध प्रदर्शन गरिसकेको छ ।
 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १६:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया