कुष्ठरोग प्रभावितहरूलाई राहत वितरण गरिएको छ । साइनिङ अस्पताल (आइएनएफ) सुर्खेतको आयोजनामा २० परिवारलाई राहत वितरण गरिएको हो ।
कुष्ठरोगबाट प्रभावित भई अपांगता भएका ४० परिवारलाई राहत वितरण गर्ने तयारी भए पनि आज २० जनालाई मात्रै राहत वितरण गरिएको अस्पतालले जानकारी दिएको छ ।
‘शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिवद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नारासहित ६९ औं विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठरोग प्रभावितहरूलाई राहत वितरण गरिएको हो ।
एक परिवार बराबर एक बोरा चामल, तीन लिटर तेल, ६ केजी दाल, पाँच केजी चिनी, पाँच केजी आटा, १ पोका मिक्स मसला, दुई पोका नुन, मिटमसला, एक केजी चियापत्ती राहत प्रदान गरिएको छ ।
आइएनएफ, अस्ट्रेलिया एड लगायतका संस्थाहरूको सहयोगमा राहत वितरण गरिएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा आयोजित कार्यक्रममा बोल्दै निर्देशक डा.रविन खड्काले कुष्ठरोग निवारणका लागि निर्देशनालयका तर्फबाट समेत भूमिका निर्वाह गर्ने बताए ।
उनले कर्णाली कुष्ठरोग निवारणको चरणमा रहेको पनि जिकिर गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।