दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा राम्रो कमाई गर्यो । कमाईका कारण मात्र होइन अल्लु अर्जुनको अभिनयका कारण पनि ‘पुष्पा’को चर्चा सेलाएको छैन ।
पुष्पा र अल्लु अर्जुनको प्रशंषा गर्ने सूचीमा पछिल्लो पटक जोडिएका छन् वलिउड अभिनेता अनुपम खेर ।
अनुपम खेरले ट्वीटरमा अल्लु अर्जुनको निकै प्रशषा गरेका छन् ।
‘पुष्पा हेरें । सहि अर्थमा एक ब्लकबस्टर फिल्म रहेछ । लार्जर देन लाइफ, जोशले भरिएको । डियर अल्लु, तिमी एक रकस्टार हौ । तिम्रो हरेक एटिच्युड मनपर्यो । तिमीसँग काम गर्न आतुर छु । पुरै टिमलाई धेरै धेरै शुभकामना,’ अनुपम खेरले लेखेका छन् ।
अनुपम खेरले ट्वीटरमा फशंषा गरेपछि अल्लु अर्जुन पनि नलेखी बस्न सकेनन् । उनले तुरुन्तै अनुपम खेरलाई जवाफ दिएका छन् ।
‘अनुपम जी, तपाईबाट यस्तो तारिफ सुन्न पाउनु मेरो अहोभाग्य हो । तपाईसँग काम गर्न म पनि आतुर छु,’ अल्लु अर्जुनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।