जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु उपचाररत रहेको बताए । उनका अनुसार प्रशासनमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवाग्राहीको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पाँच दिनका लागि नियमित सेवा बन्द गरिएको हो ।
उनका अनुसार भोलि पुस १७ गते देखि २१ गतेसम्मका लागि सेवाप्रवाह बन्द गरिएको हो । प्याकुरेलले मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाह भने नियमित रुपमा सञ्चालन हुने बताए ।
शनिबारसम्म जिल्लामा ८६ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।