नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ ।
अनेरास्वियु आइतबार एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले आफूहरूको माग पूरा नभए लाखौँ विद्यार्थीलाई सडकमा उतार्ने विज्ञप्तिमार्फत चेतावनी दिएकी छन् ।
संगठनले माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने छ ।
माघ १७ गते नै देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने,
१८ गते सम्म स्थानीय निर्वाचन घोषणा नगरे प्रतीकात्मक रुपमा प्रतिगामी सरकारका मन्त्रीहरु सहभागि कार्यक्रममा कालो झण्डा देखाउने, माघ १९ गते काठमाडौं र प्रदेश राजधानीमा कानूनविदहरूको उपस्थितिमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।