प्रदेश १ ले प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न कार्यदल बनाएको छ । आइतबार साँझ बसेको प्रदेश- १ मन्त्रिपरिषद बैठकले प्रदेशको नामकारणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न कार्यदल बनाएको हो ।
कार्यदलको नेतृत्व सामाजिक विकासमन्त्री जयराम यादव गर्ने छन् । कार्यदलले विज्ञ र सरोकारवालासँग आवश्यक छलफल गरेर नामकरणबारे सरकार प्रतिवेदन दिनेछ ।
प्रदेश १ सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले सोही प्रतिवेदनका आधारमा प्रदेश सभामा नामकरणबारे प्रस्ताव दर्ता गराउने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।