२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भन्नुभएको छैन : नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ नभनेको दाबी गर्दै कुनै भ्रममा नपर्न आग्रह गरेका छन् । 

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रम देउवाले एमसिसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भनेको भन्ने सत्य नभएको र आजको बिन्दुसम्म उनले त्यसो नभनेको दाबी गरेका छन् । 



उनले लेखेका छन्, ‘गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

उनले आफ्नो पार्टीले गठबन्धनको एकता कायम राख्न चाहेको साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्न दृढ रहेको बताएका छन् । 





  • प्रकाशित मिति : १६ माघ, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया