प्रदेश १ मा थप ४६२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६४० जनाको पिसिआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा तीन, इलाममा दुई, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा एक–एक र प्रदेशबाहिरका २५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्थानीय पालिकाअनुसार १३७ स्थानीय पालिकाअन्तर्गत ३९ वट स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ भने मोरङको विराटनगरमा ६३ र सुनसरीको इटहरीमा २४ जनामा कोरोना संक्रमण भएको छ । प्रदेशमा आजै ३६९ महिला ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक महिलासहित तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सक्रिय संक्रमितको संख्या घटेर छ हजार २०० छ भने संक्रमणमुक्त दर पनि बढेर गएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार २१:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया