एमसिसीको मुद्दामा जनमत विभाजित गराउन कांग्रेस माओवादी लागेका छन् : विष्णु रिजाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कांग्रेस र माओवादीले विगतमा एमसिसी सम्झौता गरेको बताएका छन् । 

पछिल्लो समय सत्तारूढ गठबन्धनभित्र एमसिसीबारे मतहरू विभाजित भइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना संसदबाट पारित गराउनपर्ने भन्दै लागिरहेका छन् । 

तर, सत्ता गठबन्धनधारी दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पारित हुन नहुने बताइरहेका छन् । 

सामाजिक सञ्जालमार्फत् एमाले केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले भनेका छन्, ‘विगतमा आफैं सरकारमा हुँदा कांग्रेस र माओवादीले अमेरिकासँग एमसिसी ल्याउने सम्झौता गरेका थिए।’

साथै, उनले अहिले कांग्रेस र माओवादी नै जनमत विभाजन गर्नतिर लागेको बताएका छन् । उनले अघि भनेका छन्, ‘विडम्बना ! अहिले यस मुद्दामा जनमत विभाजित गर्न उनीहरू नै लागेका छन् ।’

एमसिसी परियोजना संसदबाट पारित गराउन प्रधानमन्त्री देउवा लागेपछि यसको चर्चा चुलिएको छ ।
 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार ११:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया