नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अमेरिकी परियोजना एमसिसी कुनै पनि हालतमा पारित हुन नहुने बताएका छन् ।
सत्तारुढ गठबन्धनभित्र एमसिसीलाई लिएर तिव्र मतभेद चलिरहँदा सापकोटाले एमाले र कांग्रेस लगायतका केही दल एमसिसीको पक्षमा रहेको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एमाले र कांग्रेसलगायतका केही दल एमसिसीको पक्षमा छन् ।’
उनले अध्यक्ष प्रचण्डको असहमतिका कारण संसदमा टेबल हुन नपाएको बताएका छन् । उनले अघि भनेका छन्, ‘अध्यक्ष प्रचण्डको असहमतिका कारण संसदमा टेबल हुन पाएको छैन ।’
लामो बहस चलेको एमसिसी परियोजनामा पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट बताएका छन् । वाइसिएल नेपालका पूर्वअध्यक्ष समेत रहेका सापकोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘खैर एमसीसी पारित होला, नहोला ! नेकपा माओवादी केन्द्र एमसिसीको पक्षमा छैन । यही अवस्थामा एमसिसी कुनै पनि हालतमा पारित गरिनु हुन्न ।’
बरु यो पारित नहुँदा आउने जुनसुकै परिणाम पनि बेहोर्नुपर्ने उनको तर्क छ । उनले अन्तिममा भनेका छन्, ‘बरु असहमत हुँदा या पारित नगर्दा आउने जे सुकै परिणाम बेहोर्नुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।