नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले विरुद्धको गठबन्धन किन भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘एमाले बिरुद्धको गठबन्धन किन ?’
अगाडि जवाफ दिँदै भट्टराईले भनेका छन्, ‘प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन ।’
पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बारेमा सत्ता गठबन्धनभित्र विवाद चुलिँदो छ । प्रमुख प्रतिपक्षी दल एमाले पनि एमसिसी पास गराउन सर्तसहित अघि बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।