क्यानडाको राजधानी ओटावामा ट्रकचालकले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन् । ट्रक चालकका लागि लागू गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरूले ती नियम खारेज गर्न माग गरेका छन् ।
अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रकचालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ । उनीहरू झण्डै एक लाख २० हजार रहेको र तीमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक देखाइएको छ ।
राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । ट्रकचालकले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन् । प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।
सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य माग पनि थपिएको आन्दोलनकारीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।