बैतडीका बालबालिकालाई आजदेखि माेडर्ना खाेपकाे दाेस्राे मात्रा दिन सुरु

बैतडीका बालबालिकालाई काेराेना विरुद्धकाे मोडर्ना खोपको दोस्रो मात्रा आजदेखि दिन सुरु गरिएको छ । 

गत महिना माेडर्नाकाे पहिलाे मात्रा लगाएका १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो।   

गत महिना ३२ हजारभन्दा बढी बालबालिकाले मोडर्नाको पहिलो मात्रा लगाएका थिए ।

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए ।

कार्यालयका अनुसार विद्यालयमै र नजिकको स्वास्थ्य संस्थालाई खोप केन्द्र ताेकिएकाे छ ।

बैतडीमा हालसम्म एक लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा र एक लाख ६ हजार २५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १५:३४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया