स्थगित भयो कर्णाली प्रदेश सभा बैठक

कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो। 

दलहरूबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । 

आइतबार बसेको नवौं अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा आन्तरिक छलफल गर्नका लागि दलका नेताहरू छलफलमा जुटेका छन् ।
 
मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही र प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेल छलफलमा जुटेका हुन् ।
 
नवौं अधिवेशनलाई प्रभावकारी बनाउनका सांसद नरेश भण्डारीको संयोजकत्वमा नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाह र तथा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीसहित तीन सदस्यीय कार्यदल समेत निर्माण गरिएको छ ।

समितिले समेत सरकारलाई केही सुझाव समेत दिएको संयोजक नरेश भण्डारीले जानकारी दिए । उनले दलका नेताहरू अहिले छलफलमा जुटेको बताएका छन् । 

दलहरूबीच आन्तरिक कुरामा छलफल भइरहेको कारण आजको बैठक स्थगित गर्नुपरेको बुढाथाेकीले बताए । उनका अनुसार आजको बैठकमा संसदीय समितिहरूले वार्षिक प्रतिवेदन सभामा पेस गर्ने एजेण्डा रहेको थियो । 

त्यो बाहेक सरकारले ल्याएका पाँचवटा अध्यादेशहरू सभासमक्ष स्वीकृतिको लागि पेस गर्ने कार्यक्रम रहे पनि प्रमुख प्रतिपक्षले अध्यादेशहरूमा समेत केही त्रुटि रहेको भन्दै विराेध जनाएको थियो । 



विशेषगरी आर्थिक अध्यादेशमा त्रुटि भएको भन्दै प्रमुख प्रतिपक्षले विरोध जनाएपछि सोको आन्तरिक गृहकार्य गरेर मात्रै बैठक बस्ने तयारी गरिएको सचिवालयले जानकारी दिएको छ । 



  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १६:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया