नेप्से १३.४८ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको छ ।

आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ ।

अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ । बैंकिङ, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचकमा ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन ।



त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सिभिल लघुवित्त, माउन्टेन हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य घटेको छ ।  आज कारोबार रकमका आधारमा ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर एचआइडीसीएल शीर्ष स्थानमा रहेको छ ।



  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १७:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया