logo-img

१ फागुनदेखि खप्तड र बडीमालिकामा हेलिटुर, यस्तो छ प्याकेज

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीयस्थल खप्तड र बडीमालिकामा हेलिटुर सञ्चालन हुने भएको छ । १ फागुनदेखि १० गतेसम्म हेलिटुर सञ्चालनमा ल्याइने खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए ।

गत वर्ष १४ माघदेखि ६ फागुनसम्म सञ्चालनमा ल्याइएको हेलिटुर यो वर्ष तेस्रो चरणको कोरोना महामारीका कारण फागुनबाट सञ्चालन गरिने जनाइएको छ ।

खड्काले जारी गरिएको प्रस विज्ञप्तिमा दिपायलदेखि खप्तड-बडीमालिका, झिंग्रानादेखि खप्तड-बडीमालिका र साँफेबगरदेखि खप्तड-बडीमालिका हेलिकोप्टरमा अपडाउन गर्न सकिने उल्लेख छ ।

खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्रालि डोटीले माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा ‘हेलिटुर प्याकेज’ ल्याएको हो । गत वर्ष १३५ जनाले हेलिटुरमार्फत खप्तड र बडीमालिकाको भ्रमण गरेका थिए । यो वर्ष १० दिनमा ३५० जना पर्यटकलाई घुमाउने लक्ष्य राखिएको छ ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १८:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया