२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

सुर्खेत​मा लागुऔषध र नक्कली नोटसहित तीन जना समातिए

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध र नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

रत्नराजमार्गस्थित प्रहरी चेक पोइन्टका प्रहरी सहायक निरीक्षक युवराज ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार राति भेरीगंगा नगरपालिका १० तोलिखोलाबाट लागुऔषध र नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको  हो ।



नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी चेकजाँच गर्दा लागुऔषध र नक्कली नोट फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर १० सुर्खेतका २६ वर्षीय आशिष बैगार, सोही स्थानका २१ वर्षीय विवेक विक र भेरीगंगा नगरपालिका ९ का २४ वर्षीय प्रमोद गुरुङ रहेका छन् ।



उनीहरूको साथबाट नाइट्राभेट  (लागुऔषध) ८८५ ट्याबलेट र नेपाली एक हजारका नौवटा नोट बरामत गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : १७ माघ, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया