माेरिससविरुद्ध लगातार दोस्रो जितकाे खाेजीमा नेपाल

नेपाली राष्ट्रिय फुटबल टाेलीले मंगलबार अफ्रिकी राष्ट्र माेरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाैने पाँच बजे सुरु हुनेछ ।

घरेलु टोली नेपाल माेरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा विमल घर्तीमगरकाे निर्णायक गाेलमा नेपाल १-० ले विजयी भएकाे थियाे । 

माेरिसस पनि आज नेपाललाई हराएर पहिलो खेलमा बेहोरेको हारको बदला लिन चाहन्छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो मैत्रीपुर्ण खेलका लागि दुई खेलाडी परिवर्तन गरेका छन् ।

यसअघि घोषणा भएकाे टाेलीबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका हुन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टाेलीमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।

नेपाली टाेली : किरण चेम्जोङ, सुजल श्रेष्ठ , विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, अन्जन विष्ट, सुरज ज्यु ठकुरी, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, पुजन उपरकोटी, नवीन गुरुङ, सुमन अर्याल, आशिष लामा, विमल घर्ती मगर, सुवास गुरुङ, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ ।





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार ८:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया