बर्दियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा थप तीनजना घाइते घाइते भएका छन् । गएराति जिल्लाको बढैयाताल गाउँपालिका–३ सतपतियामा टिपर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारूको उपचारको क्रममा नेपालगञ्ज नरसिंहोममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिएको थियो ।
दुर्घटनामा ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारू र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनार घाइते भएका इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।