सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता सल्लु तिवारी र सविन पोखरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उक्त रिटको पेसी २० माघमा तोकिएको छ ।
केही दिनअघि सरकारले कोरोना संक्रमण बढेपछि सार्वजनिक सेवा लिन जाँदा कोरोना खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।