सन्दीप आइपिएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु

१५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट एक मात्र खेलाडी परेका छन् ।

बिसिसिआईले मंगलबार अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र परेका हुन् । 

अक्सनमा लामिछानेले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) राखेका छन् ।  नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएका थिए । लामिछानेबाहेक आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए ।  

१२ र १३ फेब्रुअरीमा हुने अक्सनमा ५९० खेलाडी रहने छन् । जसमध्ये २२० खेलाडी विदेशी रहने बिसिसिआईले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १५:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया