दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली राष्ट्र

विश्वकप एसिया छनोटअन्तर्गत गएराति भएको खेलमा सिरियालाई २–० गोल अन्तरले हराउँदै दक्षिण कोरियाले कतार विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

दुबईस्थित अल राशिद स्टेडियममा कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले १–१ गोल गरे ।

खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा क्वोनले गोल गरेपछि कोरियाले २-० को सहज जित निकाल्यो ।

तेस्रो चरणको छनोटको समूह ‘ए’ मा रहेको दक्षिण कोरिया ८ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा  छ । कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली राष्ट्र हो । यसअघि इरान विश्वकपमा छनोट भइसकेको छ । 

छनाेटअन्तर्गत मंगबार राति नै भएका अन्य खेलमा जापानले साउदी अरेबियालाई २-०, भियतनामले चीनलाई ३-१ र इरानले युएईलाई १-० ले पारजित गरे ।

अस्ट्रेलिया ओमानसँग २-२ तथा लेवनान इराकसँग १-१ काे बराबरीमा राेकिए । 






  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार ७:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया