पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली

बेझाड– पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । 

रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए । 

गाउँमा पहिलो पटक बस भित्रिँदा निकै रमाइलो लागेको स्थानीयवासी तुकबहादुर सोतीले बताए। पाल्पाको रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन् । 

अब नियमित रूपमा रामपुरदेखि लेखमलाङसम्म बस सेवा सञ्चालन गर्ने तयारी रहेको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले बताए । निस्दी गाउँपालिकाले गत वर्ष रु ५५ लाख खर्च गरेर सहलकोट आनन्दीभन्ज्याङदेखि लेखमलाङ हुँदै डमराको भोटाहासम्म सडकको ट्र्याक खोले पनि वर्षाका कारण पहिरोले सडक अवरुद्ध बनेको थियो । 

अहिले स्थानीयवासीको सक्रियतामा सडक मर्मत गरेपछि बस गाउँमा पु¥याउन सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर पुलामीले बताए स्थानीयवासीले गाउँमा रामपुरदेखि नियमित बस सेवा सञ्चालन गराउन रामपुर यातायात व्यवसायी समितिलाई आग्रह पनि गरेका थिए । 

साना जिपमा यात्रुको चाप बढी हुँदा जोखिमपूर्वक यात्रा गर्न बाध्य भएकामा नियमितरूपमा बस सेवा सञ्चालनमा भए गाउँमा उत्पादित कृषिजन्य सामग्री रामपुर बजारसम्म पु¥यउन सहज हुने र सजिलोसँग यात्रा गर्न पाइने स्थानीयवासीले आशा गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १०:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया