कार्तिक आर्यनको ‘भूल भुलैया २’ मेमा रिलिज हुने
फरकधार / १९ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

बलिउड फिल्म ‘भूल भुलैया-२’ रिलिज हुने तयारीमा छ । 



कार्तिक आर्यन र कियारा आडवाणीकाे मुख्य भूमिका रहेकाे फिल्म ‘भूल भुलैया २’  सन् २०२२ काे २० मेमा रिलिज हुनेछ ।



टी-सिरिज र सिने वनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई भूषण कुमार, मुराद खेतानी र कृष्ण कुमारले निर्माण गरेका हुन् भने निर्देशन अनीश बजमीले गरेका हुन्।  



फिल्मको कथा फरहाद सामजी र आकाश कौशिकले लेखेका छन् ।



यस्तै, एसएस राजामौलीको ऐतिहासिक फिल्म ‘आरआरआर’ मार्च २५ मा रिलिज गर्ने तयारी गरिएकाे छ ।

यसैगरी अमिताभ बच्चनको फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज हुँदैछ ।





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १४:३५:१४,   अन्तिम अपडेट : माघ १९, २०७८ बुधबार १४:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया