जमानतमा रिहा भए मासन ग्रिनउड

प्रेमिकामाथि कुटपिट तथा बलात्कारको आरोपमा पक्राउ परेका इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड मासन ग्रिनउड जमानतमा रिहा भएका छन् ।

उनकी प्रेमिका ह्यारिट रोब्सनले आफूलाई कुटपिट तथा बलात्कार गरेको भन्दै अडियो तथा तस्बिर सार्वजनिक गरेपछि युनाइटेडका २० वर्षीय फरवार्ड ग्रिनउडलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सामाजिक सञ्जालमा उनकी प्रेमिकाले सार्वजनिक गरेका तस्बिर भाइरल बनेपछि युनाइटेडले पनि ग्रिनउड अर्को सूचना जारी होउन्जेलसम्म अभ्यास तथा खेलमा सहभागी नहुने बताएको थियो ।

म्यानचेस्टर पुलिसका अधिकारीले उनलाई सामाजिक सञ्जालमा ती महिलाले सार्वजनिक गरेको तथ्यका आधारमा पक्राउ गरिएको बताएको छ । 

अझै केही समय नियन्त्रणमै राख्ने भनिए पनि ग्रिनउड जमानतमा छुटेका छन् । यद्यपि, उनीमाथिको अनुसन्धान जारी छ । 





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १८:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया