वेस्ट इण्डिजसँगको सिरिजअघि भारतीय टिमका महत्वपूर्ण खेलाडीलाई कोरोना संक्रमण

वेस्ट इण्डिजसँगको एकदिवसीय सिरिजअघि भारतीय टिमका केही महत्वपूर्ण खेलाडी कोरोना संक्रमित भएका छन् । संक्रमित हुनेमा ब्याटरहरू शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस अय्यर र बलर नवदीप सैनी रहेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार तीनजना सपोर्ट स्टाफमा पनि कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फिल्डिङ प्रशिक्षक टी दिलीप, सुरक्षा सम्पर्क अधिकारी बी लोकेश र थेरापिस्ट राजीव कुमार रहेका छन् ।  

महत्वपूर्ण खेलाडी कोरोना संक्रमित भएपछि टिममा मयंक अग्रवाललाई बोलाइएको छ । भारतले आइतबारदेखि वेस्ट इण्डिजविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।

सिरिज अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । एकदिवसीयपछि दुवै टिमले तीन खेलकै टी–२० श्रृखंला पनि खेल्ने तालिका छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार ८:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया