आखिर कहिले अन्त्य हुन्छ कोरोना भाइरस ? के भन्छन् विज्ञहरू ?

पछिल्लो तीन वर्षमा कोरोना महामारीले विश्वलाई नै तहसनहस बनाएको छ । कराेडाैं मानिस यस महामारीबाट संक्रमित भए, लाखौंले ज्यान गुमाए ।

धेरै विकसित देशकाे स्वास्थ्य प्रणाली ध्वस्त भयो, अर्थव्यवस्था ध्वस्त भयो । यस्तो अवस्थामा यो महामारी कहिले अन्त्य हुन्छ भन्ने प्रश्न सबैको मनमा उठ्नु स्वाभाविक हाे।

ओमिक्राेनजस्तै कोरोनाको अर्को नयाँ भेरियन्ट आउला ? यो प्रश्नको जवाफ नयाँ अध्ययनले दिएको छ ।

कोरोना महामारी अन्त्य नहुने विज्ञहरूको विश्वास छ । आउँदा दिनहरूमा हामीले यसको साथ नै बाँच्न सिक्नुपर्छ । अनुसन्धानकर्ताहरूले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट नभएकाे बताएका छन् ।

आगामी दिनमा थप भेरियन्टहरू आउन सक्छन् । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका महामारी विशेषज्ञ सेबस्टियन फंकका अनुसार हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमताका कारण यस्ताे खालकाे अवस्थालाई सामान्य बनाउन सक्छौं । 

आगामी दिनमा धेरै घातक महामारी नदेखिने उनकाे भनाइ छ ।



यता महामारी विशेषज्ञ एरिस काट्जारकिसले कोरोना पछिसम्म रहिरहने हुनाले यसलाई हल्का रूपमा लिन नहुने बताएका छन् । उनले काेराेना भाइरस निकै खतरनाक पनि हुनसक्ने चेतावनी पनि दिएका छन् । 

धेरै विज्ञहरूले हालको कोरोना भ्याक्सिन ओमिक्रोनविरुद्ध प्रभावकारी सावित नभएको बताउँदै आएका छन् । प्रयोगशालाहरूमा गरिएकाे अध्ययनहरूले खोपले ओमिक्रोनविरुद्ध थोरैमात्र एन्टिबडी उत्पादन गरेकाे देखिएकाे छ ।



प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन अघिल्लो डेल्टा भेरियन्ट जत्तिकै खतरनाक नभएको पत्ता लगाएको छ । यो भेरियन्टमा उच्च मृत्युदर र अस्पताल भर्ना हुने जोखिम कम छ । 

तर, अहिले यो संक्रमण बढ्दै गएपछि अस्पतालमा भर्ना हुनेको संख्या पनि बढिरहेको छ ।

  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १०:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया