मापदण्डविपरीतका स्वास्थ्य संस्था बन्द गर्न स्वास्थ्यमन्त्रीसँग डा. केसीको माग
फाइल तस्वीर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मापदण्डविनाका स्वास्थ्य संस्था बन्द गराउन माग गरका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सातबुँदे ज्ञापनपत्र लेख्दै डा. केसीले देशभरका सबै तहमा सञ्चालित स्वास्थ्य संस्थाको चुस्त अनुगमन गरी मापदण्डविपरीतका संस्थालाई बन्द गर्न माग गरेका हुन् ।

उनले मन्‍त्री खतिवडालाई देशभर पूर्वाधार र पर्याप्त जनशक्तिविना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको अवगत गराएका छन् ।

‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरू च्याउझैँ सञ्चालनमा आएका छन् । त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरू ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरूको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरूलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्,’ केसीले भनेका छन् ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १६:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया