एमसिसीमा सहयोग गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीको आग्रह, सभामुखले अवरोध गरे विकल्प खोज्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजना पारित गर्न सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् ।

देउवालाई भेट्न ठाकुर बिहीबार बालुवाटार गएका थिए । सो भेटमा देउवाले एमसिसी देशहितका लागि महत्वपूर्ण भएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।  

देउवाको प्रस्तावमा अध्यक्ष ठाकुरले आफूहरू सो विषयमा सकारात्मक रहे पनि पहिले एससिसीको विषयमा सरकारको धारण आउनुपर्ने माग गरेका थिए । 

सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको प्रक्रिया अगाडि बढाउन अवरोध गरे उनको विकल्प खोज्न सहयोग गर्न पनि प्रधानमन्त्री देउवाले ठाकुरसँग आग्रह गरेका थिए । सो विषयमा पनि ठाकुर सकारात्मक रहेको स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १७:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया