नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १२ हजार ६०५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ ।
त्यस्तै आज कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।
आज देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।