राखेप सदस्यसचिव विवाद अन्त्यको माग गर्दै विरोध र्‍याली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले राखेप सदस्यसचिव विवाद अन्त्यको माग गर्दै बिहीबार विरोध र्‍याली निकालेका छन् । 

उनीहरूले युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतको ध्यानाकर्षण गर्दै विरोध र्‍याली निकालेका हुन् ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्रांगणबाट निकालेको र्‍याली दशरथ रंगशालाको मूलगेटमा पुगेर समापन भएको थियो । 

राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव नियुक्तिसम्बन्धी विवादको मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छ । जसका कारण खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेको छ । कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । खेलकुद गतिविधि ठप्प भएको छ ।

नीतिगत निर्णय गर्नुपर्ने कार्यहरू हुन सकेका छैनन् । त्यसैलाई सम्बोधन गर्दै खेलकुदका तीन संस्थाले सम्बन्धित निकायलाई ध्यानाकर्षणसहित छिटोभन्दा छिटो समस्या निराकरण गरी गाँठो फुकाउन आह्वान गर्दै विरोध र्‍याली आयोजना गरेको हो । 

‘खेलकुद ऐनमा राखेपमा सदस्यसचिव नहुँदा अथवा भ्याकुम रहेमा नयाँ वैकल्पिक बाटो अपनाउन सक्ने व्यवस्था गरिएको छ । तर, यति लामो समयसम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुकदर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाइरहेको छ,’ कर्मचारी संघका अध्यक्ष थापाले बताए ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १८:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया