सुधारगृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौँले सुधारगृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेसन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । 

सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको परिसरले पत्रकार सम्मेलनमा जानकारी दियो । 

परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधारगृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिए । 

‘सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधारगृहमा भोग्नुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारबाही र सुधारगृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौं,’ उनले भने, ‘उद्धार गरेका सबैलाई परिवारको जिम्मामा समेत लगाइसकिएको छ ।’ 

प्रतिव्यक्ति मासिक ३५ हजार रुपैयाँका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ, प्रमुुख लामाले भने, ‘अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।’ 

पाँच वर्षपहिले कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १६:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया