भारतमा कोरोना : मृतकको संख्या ५ लाख नाघ्यो, संक्रमणदर निरन्तर ओरालो

भारतमा कोरोना संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने कमी आउन सकेको छैन । बुधबार १ हजार ८ संक्रमितको मृत्यु भएको भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७२ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । 

भारतमा संक्रमितको संख्या भने निरन्तर घटिरहेको छ । बुधबार १ लाख ७२ हजार संक्रमित थपिएको भारतमा गत २४ घण्टामा भने १ लाख ४७ हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ । बुधबारको तुलनामा बिहीबार त्यहाँ २५ हजार २३१ नयाँ संक्रमित कम भेटिएका हुन् । 

कोरोनाको तेस्रो लहर सुरु भएपछि भारतमा पहिलोपटक १ लाख ५० हजारभन्दा कम संक्रमित थपिएका हुन् । हाल भारतमा १४ लाख २७ हजार सक्रिय संक्रमित छन् । अहिलेसम्म त्यहाँ ४ करोड १९ लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ४ करोड ५ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् । 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ८:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया