इन्धनको मूल्य बढाएकोमा अनेरास्ववियुको विरोध, चल्न दिएन सरकारी गाडी

प्रमुख प्रतिपक्षी पल नेकपा एमालेनिकट अनेरास्ववियु कैलालीले सरकारी गाडी चल्न रोक लगाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियुले सरकारी गाडी चल्न नदिएको हो ।  

आन्दोलनका पूर्वघोषित कार्यक्रमअनुसार अनेरास्ववियु कैलालीले शुक्रबार सरकारी गाडी चल्नमा अवरोध गरेको बताएको छ । विरोध कार्यक्रमको अवज्ञा गर्ने सरकारी गाडी चल्न रोक लगाइएको अनेरास्ववियु कैलालीका संयोजक किशोर शाहले बताए । 

उनले अनेरास्ववियुको केन्द्रीय कमिटीको निर्देशन बमोजिम जिल्लामा विरोधका कार्यक्रम सञ्चालन भइरहेको बताए । अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले बुधबार धनगढीमा विरोध प्रर्दशन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका थिए । 

अनेरास्ववियुले सरकारी गाडी सञ्चालनमा रोक लगाएपछि धनगढीको सुरक्षा अवस्था कडा पारिएको छ । 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ११:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया