काेराेना महामारी : युरोपमा सुधार भइरहेको डब्ल्यूएचओकाे दावी

डिसेम्बरको अन्त्यदेखि जनवरीको दोस्रो सातासम्म कोभिड संक्रमणले भयावह अवस्थामा गुज्रिएकाे युरोपको अवस्थामा सुधार आउन थालेको छ । 

डब्ल्यूएचओले पनि कोभिडले युरोपमा युद्धविराम गरेकाे दाबी गरेको छ ।

डब्ल्यूएचओ युरोपका निर्देशक डा. हान्स क्लुगका अनुसार युरोपमा कोभिड महामारीको प्रकोप लामाे समयका लागि शान्त भएकाे छ ।

डा. क्लुगले यसका पछाडि उच्च खाेपदर र ओमिक्रोन कम घातक हुनुलगायतका अन्य कारण उल्लेख गर्दै आगामी समयलाई कोभिडले ‘युद्धविराम’ गरेकाे रूपमा हेर्नुपर्ने बताए । 

संक्रमणमा कमी आएसँगै धेरै युरोपेली देशहरूले कोभिड संक्रमण रोकथामका लागि लगाइएको कडा प्रतिबन्धलाई पनि खुकुलो बनाउन थालेका छन् ।

युरोपेली संघमा डेनमार्कले पहिलाेपटक प्रतिबन्ध र मास्कको आवश्यकता हटाएकाे हाे । बिहीबारदेखि नर्वे र स्वीडेनले पनि प्रतिबन्ध खुकुलो गर्ने घोषणा गरेका छन् ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १२:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया