बिहे गर्दै फरहान र शिबानी
फरकधार / २१ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

कलाकार तथा निर्देशक फरहान अख्तरले गायिका शिबानी डाण्डेकरसँग बिहे गर्ने भएका छन् । यो जोडीले २१ फेब्रुअरीमा बिहे गर्न लागेको हो । फरहानले शिबानीसँग बिहे गर्न लागेको कुरा उनका बुबा तथा गीतकार जावेद अख्तरले पुष्टि गरेका हुन् ।



‘फरहान र शिबानीको जोडीले २१ फेब्रुअरीमा अदालतमा बिहे दर्ता गर्ने छन् । त्यसपछि उनीहरूले परिवार र साथीहरूको साथ फार्महाउसमा इन्गेज्मेन्ट गर्ने छन्,’ जावेदले भनेका छन् ।  



साथै, जावेदले शिबानी राम्रो केटी भएको भन्दै प्रशंसा पनि गरेका छन् । उनले भने, ‘शिबानी निकै राम्रो केटी हुन्, हामी सबै उनलाई मन पराउँछौँ । सबैभन्दा ठूलो कुरा फरहान र शिबानी एकअर्कालाई मन पराउँछन् । अन्ततः उनीहरू बिहे गर्दैछन्, यो निकै खुसीको खबर हो ।’



भारतीय सञ्चारमाध्यमका अनुसार फरहान र शिबानी चार वर्षदेखि प्रेममा छन् ।     







  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १२:३९:६,   अन्तिम अपडेट : माघ २१, २०७८ शुक्रबार १२:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया