पछिल्लो २४ घण्टामा देशभर काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेहरूकाे संख्या ११ हजार ७९४ पुगेकाे छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा देशभर दुई हजार ५२६ जना संक्रमित थपिएका छन् भने ८ हजार ४२५ जना निकाे भएका छन् ।
देशभरका विभिन्न प्रयाेगशालामा ११ हजार ७३ जनाकाे नमुना परीक्षण गरिएकाे थियाे ।
हाल देशमा सक्रिय संक्रमित संख्या ५६ हजार ४५७ रहेको छ । १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।