जुवाडे पक्राउ

काठमाडौं– काठमाडाै‌ंको ढल्कुबाट ६ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले ८८ हजार ७ सय ९० रुपैयाँ बरामद गरेको छ ।
 
ढल्कुस्थित देउला ग्यारेजमा जुवा–तास खेलिरहेको अवस्थामा उनीहरूलाई महानगरीय प्रहरी वृत्त लौनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । म्यारिज खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरूको साथबाट तीन बुक तास पनि बरामद भएको छ । 

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 





  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १७:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया